बंगलादेमा भएको आन्दोलनका कारण बंगलादेशका नागरिक नेपाल प्रवेश रोक्न पूर्वी नाका कांकडभिट्टा, गौरीगंज र भद्पुर नाका कडाई गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त चेकजाँचमा भारतबाट नेपाल भित्रन खोज्ने नागरिकहरुको परिचयपत्र हेरेर प्रवेश दिइएको छ ।

५ दिनभित्र १० जना नेपाल प्रबेश गरेका छन् । २ बंगलादेश, स्वीस १, युएसए ३, युके ३ जना र भुटानी १ रहेका छन् । जुलाई १४ तारिखबाट सुरु भएको आन्दोलनमा २० तारिखसम्म ५१८ जना विद्यार्थी र खेलाडीहरु नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । हालसम्म सो अवधि पछि ७१८ जना नेपालमा प्रवेश गरेका छन् ।
यता निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि सोमबारदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशीय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् ।

त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१–०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३ को आयात भएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडिबुटि, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्लादेश निर्यात हुन्छ ।

यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लीड एसिड ब्याट्री, कपडा, फलफुलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् । आन्दोलन चर्किँदै गएपछि बङ्गलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय