काठमाडौं । काभा वुमन्स नेसन्स लीग भलिबलको दोस्रो सेमीफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल पुगेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा इरानलाई नेपालले २५–२१‚ २८–२६ र २५–२० ले सोझो सेटमा पराजित गरेको हो ।

नेपालको जीतमा निरुता ठगुन्ना‚ उषा भण्डारी‚ साफिया पुन र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरे । जीतसँगै नेपाल समूह चरणमा इरानसँग भोगेको हारको साटो फेरेको छ । नेपालले उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

यसैगरी तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच भोलि नै खेल हुनेछ । आजै भएको पहिलो सेमीफाइनल खेलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय