सप्तरीको राजगढ गाउँपालिकामा भईरहेको भ्रष्टाचार विरोधी आन्दोलनको समाचार संकलनमा पुगेका पत्रकारका एक टोलीलाई मंगलबार गाउँ पालिका अध्यक्ष ओमप्रकाश मण्डलसहितका ब्यक्तिहरुले कार्यकक्षमा थुन्दै आक्रमणको प्रयास गरेको घटनाको सर्वत्र विरोध भईरहेको छ ।

राजगढ गाउँपालिकाका अध्यक्ष मण्डल र प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवले तीन जना वडाअध्यक्षसहितका जनप्रतिनिधिलाई बाईपास गर्दै अपारदर्शीढंगले गाउँसभा गरेको, कुनै सूचना उपलब्ध नगराएको र पालिकामा विकास भन्दा भ्रष्टाचार बढेको भन्दै जनप्रतिनिधिसहितका स्थानीयहरु पछिल्लो केही दिनदेखि आन्दोलनरत छन् । सोही विषयको रिर्पोटिङमा गत मंगलबार पुगेका संचारकर्मीलाई अध्यक्ष मण्डलले अधिकृतको कार्यकक्षमा किन आएको, कसको अनुमती लिएको भन्दै दुरव्यवहार गरेका थिए ।

यसैबीच उक्त गाउँपालिकाका बासिन्दाहरुले पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु र पालिका अध्यक्ष मण्डल तथा उनको निर्देशनमा पत्रकारमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

उता नेपाल पत्रकार महासंघले घटनाको विरोध गर्दै समाचार संकलनमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै राजगढ गाउँ पालिका कार्यालयमा पत्रकारहरुलाई थुन्ने, माईक खोस्ने तथा कुटपिटको प्रयास गर्ने अध्यक्ष मण्डलसहितका ब्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

महासंघको सप्तरी शाखाले गत बुधबार नै दोषीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी बुझाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय