बागमती प्रदेश सरकारले स्वास्थ्य सामग्री भण्डारण गर्न थालेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा–१० मा सुविधा सम्पन्न स्वास्थ्य सामग्री भण्डारण भवन निर्माणसँगै सामग्री भण्डारण गर्न थालेको हो ।

सेभ द चिल्ड्रेनले ३ करोड २८ लाख रुपैयाँ लागतमा निर्मित भवन बिहीबार बागमती प्रदेश सरकारलाई हस्तान्तरण समेत गरिएको छ । नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई एक कार्यक्रमबीच औपचारिकरूपमा हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री भण्डारण भवनले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउन र आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास छ । क्षयरोग, औलो रोग र एचआईभीसम्बन्धी स्वास्थ्य सेवाहरू र औषधिहरूको पहुँच बढाउन र अस्पताल र फार्मेसीहरूबीचको समन्वयलाई सुधार गर्न पनि मद्दत गर्नेछ । यस स्वास्थ्य सामग्री भण्डारण गृहको निर्माण सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणाअनुरुप रहेको कुरामा जोड दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय