काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी दिनुभएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो । मैदानको सतह, मैदानको दुबो, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न नमिल्ने भनेको थियो ।
एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गर्दा मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको थियो । साउन २९ गते हुने एएफसी च्यालेन्ज लीग छनोट प्रतियोगिता अब दशरथ रंगशालामा हुनेछ ।
यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो ।