सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे क्षेत्रमा बाढीले ठूलो क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले थामे गाउँमा बाढीले क्षति पुर्याएको बताउनुभयो ।

उहाँले दूधकोशी नदीमा पानीको प्रवाह बृद्धि भएकाले सतर्क रहन तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनु भयो । उहाँले प्रभावित क्षेत्रमा नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । स्थानीयकाअनुसार नाम्चेदेखि थामे पुग्न पैदल हिँडेर पाँच घण्टा लाग्छ । विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर भीष्मकुमार भुसालले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेलाई अर्को सूचना नभएसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभयो । दूधकोशी नदी ओखलढुंगातर्फ बढ्दै गरेकाले कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाट लगायतका क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको हो । हिमताल फुटेर ठूलो बाढी आएको आशंका गरिएको छ । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् ।

वडा नम्बर–५ का अध्यक्ष पासाङ्ग गेल्जेन शेर्पाले कुनै मानवीय क्षति नभएको तर पूरै बस्ती बगाएको बताउनुभयो । पर्यटक आउने सिजन नभएको र दिउसोको समयमा बाढि आएकोले मानविय क्षती हुन नपाएको स्थानीयले बताएका छन् । बाढीमा परेका ७ जना र केही चौपायाको नेपाली सेनाले उद्धार गरेको छ । घटनास्थल सदरमुकामबाट ४ दिनको दुरीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय