काठमाडौं । चन्दनभर्राटेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चन्दनभर्राटेश्वर महादेव मन्दिर परिसरमा यही भाद्र २० गतेदेखि २८ गतेसम्म महायज्ञ हुन लागेको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वडाका ज्येष्ठ नागरिकको लागि जग्गा खरिद गरि भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको जानकारी दिइएको छ ।







