रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकप्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीमा आकस्मिक अवतरण गरिएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी मेलाको अवलोकन गरेर सुर्खेत फर्किने क्रममा मौसममा खराबी भएपछि सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकप्टर अवतरण गरिएको हो ।
हेलिकप्टरमा मुख्यमन्त्रीसहित उहाँकी पत्नी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित ५ जना रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।