सामाजिक सञ्जालमा मन पर्ने व्यक्तिलाई फलो गर्ने र मन नपरेको व्यक्तिलाई अनफलो गर्नु अनौठो होइन । व्यक्तिगत रुपम कसैले कसैलाई फलो–अनफलो गर्न सक्छ । तर घृणा फैलाउने गरी फलो–अनफलो गर्नकै लागि अभियान नै चलाउनु र कसैलाई दवाव दिनु कतिको उचित होला रु सन्दर्भ हो, प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक–ट्वीटर खाता विरुद्ध चलाइएको अनफलो अभियान ।

प्रधानमन्त्री केपी शर्मा ओली समकालीन नेतामध्ये सामाजिक सञ्जालमा सक्रिय व्यक्तिमा पर्नुहुन्छ । हरेक दिन जसो आफ्ना गतिविधि र विचारहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने प्रधानमन्त्री ओलीविरुद्ध अहिले सामाजिक सञ्जालमा अनफलो अभियान चलेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले यस्तो अभियान चलाइरहेका छन् । मंगलवारसम्म ओलीको फेसबुक खातामा ६ लाख ६६ हजार फलोर्अस रहेकोमा एक दिनमै झण्डै ६७ हजार बढीले घटेर ६ लाखबाट तल झरिसकेको छ । महानगरप्रमुख शाहले घोषित रुपमा प्रधानमन्त्रीओली विरुद्ध अनफलो अभियान चलाउन आग्रह त गर्नु भएको छैन् तर अनफलो निरन्तर चलिरहेको छ ।

कस्ले चलाइरहेको छन् यस्ता अभियान ?

प्रधानमन्त्री ओलीविरुद्ध संगठित रुपमै सामाजिक सञ्जालमा हमला भैरहेको जानकार बताउँछन् । सुरुमा दर्जनौंको संख्यामा बालेन समर्थकहरुले ओलीलाई अनफलो गरौं भनेर सामाजिक सञ्जालमै पोष्ट गर्ने वा सम्बन्धित व्यक्तिको पोष्टमा केमन्ट गर्ने काम गरे । नियतबश गरिएका एउटै खाले कमेन्टको भ्रममा परेर अन्जान व्यक्तिहरु समेत यस्तो अभियानमा सहभागी हुन पुगे । अरु केही व्यक्तिका समाचार आएको भरमा विगतमा ठूला मिडिया हाउसविरुद्ध पनि यस्तै खाले अभियान चलाइएको थियो । यस्तो अभियान सुरु गर्ने व्यक्तिगत खाताहरु छद्म नामबाट चलाइएका र केही राजनीतिक इन्फ्लुएन्सरका समेत रहेको आईटी क्षेत्रका जानकार व्यक्तिहरु बताउँछन् ।

किन सुरु भयो ओलीविरुद्ध अनफलो अभियान ?

प्रधानमन्त्री ओलीको फेसबुक खाता अनफलो अभियान सुरु भएको घटनासंग हालैका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहको स्टाटस हेर्नुपर्ने हुन्छ । जहाँ साहले लगातार प्रधानमन्त्री ओली, सरकार र एमालेका नेता–कार्यकर्ताविरुद्ध रुखो टिप्पणी गर्दै आउनु भएको छ । सुरुमा एमाले प्रदेश सांसद रेखा शर्माले एक बालिकालाई कामदारको रुपमा बन्दी बनाएर हिंसा गरिरहेको र सरकारले कुनै कारबाही नगरेको आरोप लगाउँदै गत १६ गते स्टाटस लेख्नु भएको थियो । उक्त स्टाटसविरुद्ध एमालेका भ्रातृ संस्थाहरुले फेसबुकलाई निरन्तर रिपोर्ट गरेपछि फेसबुकले स्टाटस नै हटाइदियो । आफ्नो फेसबुक स्टाटस हटेपछि बालेन साहले स्टाटस हटाउने होइन, दोषीलाई कारबाही हुनु पर्यो भन्दै सरकारविरुद्ध अर्को स्टाटस लेख्नु भयो । बालेन र एमालेका समर्थक विच जुहारी चल्दै जाँदा बालेनका समर्थकहरुले पनि अनफलो अभियान सुरु गरेका हुन् ।

अनफलो अभियान अराजकताको पराकाष्टा

सामाजिक सञ्जालमा करोडौं प्रयोगकर्ता छन्, उनीहरुले हरेक दिन करोडौंकै संख्यामा आफ्ना कुरा लेख्न सक्छन् । सार्वजनिक हित वा अहितका निर्णय गर्ने थलो सामाजिक सञ्जाल होइन । सामाजिक सञ्जालमा फलोअर्स हुँदा वा नहुँदा यसले निर्णय प्रक्रियामा असर गर्दैन । तर सम्बन्धित व्यक्तिका लागि नैतिक दबाब अवश्य हो । प्रधानमन्त्री ओलीलाई नैतिक दबाब दिनका लागि यो अभियान चलाइएको हो भनेर पुष्टि गर्ने आधारहरु देखिँदैनन् । किनकी यस्तो अभियान कुनै निश्चित मागका लागि वा कुनै राजनीतिक निर्णयका विरुद्धमा सुरु गरिएको होइन । खाली कुनै एक व्यक्तिको पक्षमा र अर्को व्यक्तिको विपक्षमा र खासगरी घृणा फैलाउने प्रयोजनका लागि मात्र चलाइएको छ । राजनीतिक पदमा भएको व्यक्ति र अर्को राजनीतिक पदमा भएको व्यक्तिबीचको टसलमा घृणाको राजनीति हुने गरी अनफलो अभियान चलिरहेको छ । बरु यो अभियानले नयाँ पुस्ता कस्तो सोचिरहेको छ र आफूले भूमिका पाउने सन्दर्भमा सह(अस्तित्वबारे उसको दृष्टिकोण के हुन्छ भन्ने कुरा उजागर भएको छ । युवाहरुको यस्तो अभियान निरर्थक र अनुत्पादक हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय