पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा सडक कल्भर्ट भत्किएको छ । असार २४ गते अविरल वर्षाले गर्दा भत्किएको सडक झण्डै दुई महिना हुनै लाग्दा पनि निर्माण नहुँदा स्थानीयले सास्ती भोग्नु पर्ने बाध्य रहेको छ । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएपछि नयाँ निर्माण हुन नसक्दा बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । यसरी निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या भएको स्थानीय डम्बर कार्की बताउछन् ।

सवारीको चाप अत्याधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेको बताउछन् । त्यस्तै चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ । तर यता सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको बताउछ । सर्भे डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनःनिर्माणको काम केही ढिलाइ भएको र अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन् । अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पउनासाथ ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी तारानाथ सिंग्देल बताउनुभयो । सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय