काठमाडौं । लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लिएर जान सरकारले बन्देज लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी हातहतियार बोक्न निषेधित क्षेत्र तोकेको हो ।

सूचनामा सरकारी कार्यालयहरु, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवनमा निषेध गरिएको छ । त्यस्तै, सपिङ मल, हाट बजार, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बालगृहलगायतका स्थानमा लाइसेन्सप्राप्त भएपनि हतियार लैजान रोक लगाइएको छ ।

अवैधसँगै लाइसेन्स प्राप्त हतियारको समेत सम्भावित दुरुपयोग रोक्न निषेधित क्षेत्र तोकिएको मन्त्रालयले जनाएको छ । गत ५ चैतमा व्यवसायी दुर्गा प्रसाईका दुई सहयोगी लाइसेन्सप्राप्त हतियार लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए । सोही घटनापछि गृह मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलको सिफारिसका आधारमा लाइसेन्स प्राप्त हतियार निषेधित क्षेत्र तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय