काठमाडौं । मातातीर्थ गोल्डकप थ्री आयोजना हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाले असोज ७ गतेबाट २३ गतेसम्म मातातीर्थ गोल्डकप थ्री आयोजना गर्न लागेको हो । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदको नारा अंगाल्दै संस्थाले नेपाली हिन्दुहरुको महान चाँड बडादशैं, शुभदीपावली, नेपाल संम्वत ११४४ र छठ पर्वको शुभकामना दिंदै गोल्डकपको आयोजना गर्न लागेको छ ।

संस्थाका अध्यक्ष शान्त उदासले गोल्पकपमा सहभागी हुन अहिलेसम्म १५ वटा टीमले फर्म लगिसकेको बताउँदै प्रतियोगितामा ३० टीमको सहभागिता रहन सक्ने बताउनु भएको छ । उहाँले प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रोलाई २ लाख ५० हजार, तेस्रो स्थान प्राप्त गर्ने टीमलाई १ लाख ५० हजार नगर पुरस्कार रहेको बताउनु भयो । उदासले प्रतियोगितामा उत्कृष्ट टीम, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ताको छनोट गरिने र उनीहरुलाई पनि नगद पुरस्कार र प्रमाणपत्र, मेडल र ट्रफिले सम्मान गरिने जानकारी दिनुभयो ।

अध्यक्ष उदासले खेल सम्पन्न हुँदासम्म २५ लाख ४० हजार रुपैयाँ खर्च हुने बताउनु भयो । यसअघि भएका दुई खेलमा पहिलो वर्ष ३० टीमले गोल्डकपमा सहभागिता जनाउँदा १७ लाख खर्च भएकोमा १४ लाख रुपैयाँ संकलन भएको र दोस्रो गोल्डकपमा २४ टीमले सहभागिता जनाउँदा १६ लाख रुपैयाँ संकलन हुँदा २४ लाख रुपैयाँ खर्च भएको उहाँ बताउनु हुन्छ । उदासले गोल्डकप सफल बनाउनको लागि नगरपालिका, वडा, विभिन्न संघसंस्थालगायतको सहयोगबाट सम्पन्न हुने बताउनु भयो ।

असोज ७ गतेबाट संचालन हुने मातातीर्थ गोल्डकपका सबै खेल नकआउट चरणमा खेलाईने तथा खेलमा सहभागिता जनाउन चाहने टीमले असोज ४ गतेभित्र फर्म बुझाई सक्नु पर्ने छ । प्रथम मातातीर्थ गोल्डकपमा किसिपिडी क्लव विजेता भएको थियो भने दोस्रो गोल्डकपमा कुर्दन क्लवले उपाधि उचालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय