धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको छ ।
जसको चालूतर्फ ४० दशमलव ६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९ दशमलव ३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको छ ।
तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ हजार बराबरकै बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।