काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला दुई दिनसम्म चल्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसीप एकेडेमी, विधान संशोधन लगायतका विषयमा छलफल हुने छ ।
सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नुहुने छ भने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
रास्वपाले यसै भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्दैछ । यही भेलाले पार्टीको प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने छ ।