नेपाली काग्रेंसका प्रवक्ता प्रकाश शरण महतले राष्टिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने आफ्नो पक्षमा भिड जम्मा गर्न बिभिन्न प्रोपगाण्डा अपनाइरहेको टिप्पणी गर्नुभएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले बिभिन्न प्रपोगण्डा गरेरे कालोलाई सेतो बनाउन लामिछाने लागी परेको आरोप लगाउनु भएको हो । सहकारी ठगी पुष्टी हुने खालको प्रतिवेदन आइसक्दा पनि शिर निहुरिनुपर्नेमा झन क्लिन चिट पाए भनेर भ्रम छर्नु गलत भएको उहाको तर्क छ ।

उच्च स्तरिय छानबिन समितिले गोरखा मिडियाको सम्पुर्ण खर्च सहकारीको पैँसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दा समेत क्लिन चिट पाए भन्नु मुर्खता बाहेक केहि नभएको महतले बताउनु भयो । सहकारीको रकम गोरखा मिडियामा आएको प्रष्ट भएर समितिले छामिछाने सहित ४ जनालाई कार्वाहीका लागी सिफारिश गरिसकेको अवस्थामा प्रबन्ध निर्देशक जस्तो मान्छेले थाहा छैन भन्नु गलत रहेको तर्क गर्दै चर्को भाषणले आफुलाई चोख्याउन खोजेको बताउनु भयो ।

प्रवक्ता महतले सरकार बन्यो की अब ढल्छ भन्ने सधैँको हल्ला अहिलेपनि चलेको बताउनु भयो । प्रवक्ता महतले गेटा मेडिकल कलेजको अवधारणालाई यहाँकै जनताले बिश्वबिद्यालय माग गरेपछि ढिलाई भएको दावी गर्नुभयो । गेटामा मेडिकल कलेज बनाउने गरी काम अगाडी बढ्दा बिश्वबिद्यालय बनाउन दवाव आएपछि सोही अनुसार नयाँ प्रक्रिया शुरु भएको उहाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय