काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।
उनी सँगै उनका पत्नी बलवती शर्मा पौडेललाई समेत कोरोना संक्रमण पुष्ठी भएको छ । अहिले उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
पोडैल दम्पती अहिले होम आइशोलेसनमा रहेको र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केहीसमयका लागि स्थगित गरिएको बताइएको छ।