काठमाडौं । बडादशैंको शरद नवरात्रको छैटौँ दिन भएपनि पाँचौ दिनको कर्म गरिँदैछ । अर्थात् नवदुर्गाको पाँचौं स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।

यो वर्षको बडादशैँमा चतुर्थी दुई दिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । मंगलबार २ घडी ५३ पला अर्थात् बिहान ७ बजेर १० मिनेटसम्म मात्र पञ्चमी तिथि छ । त्यसपछि षष्ठी लाग्छ ।

भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

स्कन्दमाताको बदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ ।

नवरात्रका अन्य दिनझैं देवी भक्तिका लागि भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय