ढाका कपडाको राजधानीको पहिचान बोकेको पाल्पाको ढाका कपडाको व्यापार विस्तारै खस्किदै गएको छ । पाल्पा प्रवेश गर्ने सिद्धबाबाको जोखिम सडकको अवस्था र यसपालिको मनसुनी वर्षाका कारण आन्तरिक पर्यटकहरु पाल्पा आगमनमा कमी भएसँगै पाल्पा ढाका कपडाको व्यापार खुम्चिएको हो । पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । आन्तरिक पर्यटकलाई ढाका कपडामा लोभ्याउने गरी ढाका कपडामा विविधिकरण गरिएको छ । तर, यसपालिका मनसुनी वर्षाका कारण पाल्पा जिल्लामा आन्तरिक पर्यटकको चहलपहल हुन सकेको छैन । आन्तरिक पर्यटकको चहलपहल भएमात्र ढाकाको व्यापार राम्रो हुन्छ । पर्यटक आगमन गर्ने समयमा सडकहरु अस्तव्यस्त भएसँगैै ढाकाको व्यापारमा पनि कमी भएको हो ।
ढाकाको व्यापारका लागि आन्तरिक पर्यटकको चहलपहल हुनुपर्छ । यसपालिका दशैभित्रिएपनि जिल्लामा आन्तरिक पर्यटकको चहलपहल हुनै सकेको छैन । जसका कारण पाल्पाका ढाका व्यवसायीहरु मर्कामा परेका छन् ।यसपालिका लामो अवधिसम्म वर्षा भयो । वर्षाका कारण सुरक्षित यात्रा हुन सकेन । जसका कारण पाल्पामा आन्तरिक पर्यटकमा कमी देखिएको छ । यसले पाल्पाली ढाका कपडाको व्यापारमा कमी भएपनि दशैं, तिहार जस्ता पर्वमा ढाकाको व्यापार राम्रो हुने आशा छ ।
पाल्पा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यस क्षेत्र आन्तरिक पर्यटकका लागि लोभ्याउने गरी महत्वपूर्ण क्षेत्र पनि पाल्पामा पर्छ । बुटबलबाट पाल्पा हुँदै पोखरा आवतजावत गर्ने मुख्य सडक हो । पाल्पा प्रवेश गर्ने सिद्धबाबा सडक जोखिमका कारण वर्षायामसँग आन्तरिक पर्यटक आगमन कमी हुन्छ । बाहौं महिना सुरक्षित यात्रा गर्ने बनाउन सके मात्र पाल्पाको ढाका कपडाको व्यापारसँगै यहाँकोे पर्यटन व्यवसाय समेत फस्टाउने थियो ।