मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालमा नजोडिएपछि त्यस गाउँपालिकाका स्थानीयहरूलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुगुमकार्मारोङ गाउँपालिकावासी र काम विशेषले मुगुमकार्मारोङ गाउँपालिका जानकै लागि पनि पाइला पाइलामा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् पुग्नैपर्ने कर्मचारी नागरिकहरुलाई पनी जोखिममोलेर यो बाटोमा यात्रा गर्न बाध्य मुगुको मुगुमकार्मारोङ गाउँपालिकाबासी ।
मुगुमकार्मारोङ गाउँपालिकामा लामा समुदायका १२ गाउँ र क्षेत्री समुदायका ३ वटा गाउँ छन् । यो गाउँपालिकामा सडक पुराउने विषय कल्पना झै लाग्छ । तल कर्णाली अप्ठ्यारो गोरेटो बाटो अग्ला काला पत्थर जस्ता डाँडाले घेरिएको मुगुमकार्मारोङ गाउँपालिका पुग्नै ज्यान जोखिम राखेर हिँड्नुको विकल्प छैन । वर्षातको समयमा पहिरोले सडक गोरेटो बाटो अवरुद्ध हुने माथिबाट पहिरो ढुङ्घा खस्ने जोखिम पनि मुगुमकार्मारोङ गाउँपालिका पुग्ने बाटोमा उत्तिकै छ । साँघुरो बाटो उकाली, ओराली गर्दा कतिखेर के हुने हुन्छ पत्तै छैन । हिड्दा डराउँदै हिँड्नुपर्ने र जीवन नै जोखिम मोलेर बाध्यताले यात्रा गर्नुपर्ने अवस्था छ ।
अहिले मुगुमकार्मारोङ गाउँपालिका ९ छायलसम्म यातायातको सुविधा छ । किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस, दाउरा, सरोक र पुव गाउँका स्थानीयलाई मोटर चढ्न छायलसम्म कम्तिमा दिनभरि हिँड्नुपर्ने बाध्यता रहेको छ । बिरामी बोकेर ल्याउँदा साघुरो बाटोमा यात्रा गर्दा डर लाग्ने उत्तिकै छ । मुगुमकार्मारोङ गाउँपालिकामा सडक सञ्जालमा नजोडिदा नागरिकको यात्रामा जोखिम छ । मुगुमकार्मारोङ गाउँपालिकामा विकास निर्माणका काम बालुवा, सिमेन्ट, सरिया र खाद्यान्न सामग्री बोकाएर ल्याउने लैजान कि त मान्छे आफैं बोक्नु पर्छ कि खच्चडको प्रयोग गर्नुपर्ने हुन्छ । उकालो, ओरालो, भीरको बाटो हिड्नुपर्ने हुँदा कतिपय ठाउँमा भीरमा खच्चड खसेर मर्ने मान्छे मर्ने गरेका घटना पनि छ्न । तर बेरोजगारीले जोखिम मोल्न बाध्य तुल्याउ छ ।
साबिकका गाबिस मुगु, डोल्फु, किम्री, पुलु र माग्री मुगुम कार्मरोंग गाउँपालिका बनाईएको छ । यो गाउँ पालिकामा ९ वटा वडा रहेको छ । गाउँपालिकाको प्रस्तावित केन्द्र पुलु हो । तर मुगुमकार्मारोङ गाउँपालिकामाको कार्यालय रहेको स्थान पुलु बजार पनि जोखिममा छ । तल कर्णाली माथी ढुंगा पहिरोले घेरिएको छ ।