काठमाडौं । काठमाडौं र हेटौंडा जोड्ने काठमाडौं फाखेल–कुलेखानी–सिस्नेरी–हेटौंडा सडकमा दुईतर्फी नै यातायात सञ्चालन भएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोला सडकमा ह्युमपाइप राखेर मर्मतपछि सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो ।

गत असोज १० देखि १२ गतेको वर्षासँगैको बाढी र पहिराले सडक पूर्णरुपमा क्षति हुन पुगेपछि यातायात अवरुद्ध हुन पुगेको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन गरिए पनि कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो ।

सडकमा ह्युमपाईप राखेपछि यातायात दुईतर्फी सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय