काठमाडौं । तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले बढेको छ । असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढेको अनुमान गरिएको छ । पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको व्यवसायीहरु बताउँछन् ।

ग्राहकहरुले यस वर्ष भाईमसलाको मूल्य धेरै बढेकोले आफुहरुले सामान थोरै किनेको बताउँछन् । ग्राहकहरुले पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको बताएका छन् । बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २ सय, बदाम एक हजार ७ सय, किसमिस ६ सय, कालोदाख १ हजार, ओखर ५ सय ५० खरिद मूल्य राखिएको छ ।

त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५ सय, अनजिर २ हजार २ सय, खुरपानी १ हजार, नरिवल ५ सय ५०, दाना मिश्री १ सय ८०, धागो मिश्री २ सय, मखना २ हजार दालचिनी ८ सय मूल्य छ । गत वर्षभन्दा यो वर्ष सबै सामानमा २५ देखि ३० प्रतिशले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय