मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा निर्माण गरिएको झोलुङ्गे पुल संचालनमा आएको छ । कुल १ सय ४७ मिटर लम्बाई भएको झोलुङ्गे पुल विधिवत् रुपमा शुक्रबारबाट उद्घाटन गरि सञ्चालनमा आएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको छ । मुगु जिल्लाकै लामो चैनखोलाको झोलुङ्गे पुल कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा गर्नुभएको थियो । झोलुङ्गे पुल निर्माणसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउने, जाने र छायाँनाथ मन्दिर दर्शन गर्न सहज भएको छ ।

पुल संचालनसँगै नगरपालिकाको १ देखि ७ वडासम्मका नागरिक र जुम्ला जाने आउनेको लागि सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय