बारा । बारामा कार्तिक १० गते हत्या गरिएको तेगछियाका श्रीनारायण प्रसाद यादवको हत्याको अभियुक्तलाई बारा प्रहरीले सार्वजनिक गरेको छ । बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै यादवको हत्याका मुख्य आरोपिलाई सार्वजनिक गरेको हो । कार्तिक १० गते बाराको महागढीमाई नगरपालिकाको तेगछियाका वर्ष ५५ को श्रीनारायण प्रसाद यादवको पसलबाट घर जाने क्रममा साँझ ७ बजे धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी यादवको हत्या गरिएको थियो ।

यादवको हत्या भए लगत्तै अनुसन्धानमा खटेको बारा प्रहरीले मुख्य आरोपि महागाढीमाई नगरपालिका वडा न १ सेमरा तेगछिया बस्ने वर्ष ६४ को सोधाई खाँलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । श्रीनारायण प्रसाद यादवले सोधाई खाँलाई १ बिघा जग्गा भोग चलनको लागि दिएको र पछि त्यो जग्गा फिर्ता लिएकोले रिसिभी लिएर यादवको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताउनु भयो ।

यता जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको प्रसौनी गाउँपालिका वडा न १ त्रिबेनीस्थित गण्डक नहरमा हत्या गरेर शव फालिएको अभियुक्तलाई समेत प्रहरी पक्राउ गरेर सार्वजनिक गरेको छ । कार्तिक १ गते पर्सा जिल्लाको छपकैया निवासी वर्ष २६ को वीरेन्द्रकुमार साहको गम्छाले खाटी थिची हत्या गरेर गण्डक नहरमा शव फालेको पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न ९ बस्ने वर्ष २८ बिजय कुमार साहलाई प्रहरी बाराको कलैया उपमहानगरपालिकाको मटिअर्वा दशगाजाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खुल्ला सीमाना हुँदा बारामा दैनिक हत्याका घटना हुन थालेको छ । बारा प्रहरीले अझै रुपेश स्वर्ण्कार र हरिशंकर कुशवाहाको मुख्य शुटरलाई पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय