काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १ सय रनमा समेटियो । अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए ।
त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए ।
यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए । अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । यो जीतसँगै नेपाल समूह विजेता बनेको छ ।