खलंगा । जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले एक जनालाई हातपात गरेका छन् । गाउँपालिका अध्यक्ष बस्नेतले कुशे ६ का प्रकाश आरसीलाई हातपात गरेका हुन ।
आर्थिक लेनदेनको विषयलाई लिएर प्रकासलाई कुटपिट गरेको प्रकाशकी श्रीमती यमुना थापाले बताइन । निर्वाचनको बेला अध्यक्ष बस्नेतको टीमले होटलमा खाना खाएको करिब ८० हजार रुपैयाँ माग्न जाँदा ढोका लगाएर कुटपिट गरेको उनी बताउँछिन् । अध्यक्षले हातपात गर्दा प्रकाश आरसीको दाँत भाँचिएको, हात खुटामा चोट लागेको र कुटपिट गरेको कुरा बाहिर हल्ला गरे ज्यान मार्ने धम्की समेत अध्यक्ष बस्नेतले दिएको बताउछिन् ।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफुले प्रकाश आरसीलाई हातपात नगरेको बताउनु हुन्छ । उहाँले चाँडबाँडको समयमा माफसे गरेर कोठा भित्र पसेर हल्ला गरेपछि आफुले बाहिर जान भनेपनि नमानेपछि बाहिर धकेलेको तर कुटेको भन्ने कुरा झुठ भएको जनाएका छन् ।