बझाङ – अरिङगालको टोकाइबाट थलारा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउका ३ बर्षिय सुरबिर खाती र ५ वर्षिया सिया खातिको मृत्यु भएको हो । अरिङगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा थलारा गाउँपालिका प्रबक्ता रबिन्द्र खातीले बताउनुभएको छ । उनका अनुसार घाइते हुनेमा ७ वर्षिया सुमि खाती उनकि आमा डम्मरा खाती र बजै रहेकिछन ।उनिहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ ।
आज बिहान१२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालले उनिहरुलाई टोकेको वडा अध्यक्ष खातीले जानकारी दिनु भएको छ ।मृतक र घाईत सवै एकै परिवरका सदस्य रहेकाछन । तिहारको मुखैमा अरिङगालको टोकाइबाट दुई बच्चाको मृत्युु भएपछि डोरगाउ शोकमा डुबेको छ।