अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरूको प्रतिस्पर्धा तीव्र रूपमा अघि बढिरहेको छ । यस पटकको निर्वाचन धेरै रोचक भएको छ । राष्ट्रपति जो बाइडनको अप्रत्याशित रूपमा जुलाईमा उम्मेदवारी फिर्ता लिनु र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्नुले यस पटकको निर्वाचनलाई थप अनपेक्षित मोड दिएको छ । अबको महत्वपूर्ण प्रश्न भनेको के अमेरिकाले पहिलो महिला राष्ट्रपतिलाई निर्वाचित गर्नेछ वा डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकाल दिनेछ ? त्यसका लागि अमेरिकीहरू नोभेम्बर ५ को तीब्र पर्खाइमा देखिएका छन् । PKG अमेरिकाका दुई ठूला दलका उम्मेदवारहरूबीचको प्रतिस्पर्धा सन् २०१६ र २०२० को चुनावसँगै धेरै बदलिएको छ । कमला ह्यारिसले पहिलो महिला राष्ट्रपतिका रूपमा चुनाव लड्दैछिन्, जसले उनीलाई ऐतिहासिक उम्मेदवारको रूपमा उभ्याएको छ । उनका मुख्य मुद्दाहरूमा आर्थिक सुधार, स्वास्थ्य सेवा, र महिला अधिकारसम्बन्धी मुद्दाहरू प्रमुख छन् । ट्रम्प भने पुनः राष्ट्रपतिको दौडमा छन्, यसपटक आफ्नो ‘अमेरिकालाई पुनः महान बनाउने’ अभियानलाई पुनः नयाँ उचाइमा पुर्याउने भन्दै उनले मुख्य रूपमा अर्थतन्त्र, आव्रजन, र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएका छन् । ह्यारिसले जुलाईको अन्त्यमा आफ्नो अभियान सुरु गरेपछि राष्ट्रिय सर्वेक्षण औसतमा सानो अग्रता लिएकी छिन् । उनको लोकप्रियता सुरुवाती हप्तामा विशेष बृद्धि भएको थियो, जसले उनलाई करिब चार अंकको अग्रता दिलायो । सेप्टेम्बर र अक्टोबरको सुरुमा सर्वेक्षण स्थिर देखिए पनि, पछिल्ला केही हप्तामा सर्वेक्षण तङ्ग्रिएको छ । यसमा उनी अझै अगाडि देखिन्छिन् । तर, अमेरिकी निर्वाचनको परिणामको भविष्यवाणी राष्ट्रिय स्तरका सर्वेक्षणबाट गर्न गाह्रो हुन्छ । यसमा निर्वाचन प्रणालीको ‘इलेक्टोरल कलेज’ प्रणालीको भूमिका महत्वपूर्ण छ ।

स्विङ स्टेटहरूमा प्रतिस्पर्धा

अमेरिकाको निर्वाचन परिणाम मुख्यतया स्विङ स्टेटहरूमा निर्भर गर्दछ, जहाँ दुबै उम्मेदवारले जित्ने सम्भावना हुन्छ । यस पटक स्विङ स्टेटहरूमा ह्यारिस र ट्रम्पको प्रतिस्पर्धा निकै तङ्ग्रिएको छ । एरिजोना, जोर्जिया, नेभाडा र उत्तर क्यारोलिनामा अग्रता केही परिवर्तन भएको देखिन्छ। अहिले ट्रम्पले यी राज्यहरूमा सानो अग्रता लिएका छन् । यता मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिनमा ह्यारिसको प्रारम्भिक अग्रता थियो, तर अहिले ट्रम्पले केही सानो अग्रता लिएका छन् । यी राज्यहरू लोकतान्त्रिकको पक्षमा पहिलेदेखि बलियो मानिँदै आएपनि २०१६ मा ट्रम्पले जितेका थिए र २०२० मा बाइडनले पुनः कब्जा गरेका थिए । ह्यारिसले यी राज्यहरू पुनः जित्न सक्ने हो भने उनको जितको सम्भावना उच्च हुनेछ ।

ह्यारिस र ट्रम्पका प्रमुख मुद्दा र नीति

१. महँगाइ र कर : ह्यारिसले खाद्यान्न र आवासको मूल्य घटाउने प्राथमिकता राखेकी छन् । उनले ठूला व्यवसाय र ४४ लाख भन्दा बढी आम्दानी गर्ने अमेरिकीहरूमा कर बढाउने वाचा गरेकी छन् । ट्रम्पले भने तेल उत्खनन बढाएर र आप्रवासन नियन्त्रण गरेर महँगाइ घटाउने वाचा गरेका छन् ।

२. गर्भपतन अधिकार : ह्यारिसको अभियानको केन्द्रबिन्दुमा गर्भपतन अधिकार छ । उनले गर्भपतन अधिकारलाई कानूनी रूप दिन प्रयास गरिरहेकी छन् । ट्रम्पले यस विषयमा निरन्तरता दिन नसके पनि उनको राष्ट्रपति कार्यकालमा नै गर्भपतनलाई अधिकारबाट हटाइएको थियो ।

३. आप्रवासन : ह्यारिसले सीमा संकटको समाधानमा ठूलो लगानी गरेकी छन् । उनले मानव तस्करीविरुद्धको कठोर नीति अपनाइरहेकी छन् । ट्रम्पले भने सीमा पर्खाल निर्माण र आप्रवासीहरूको म्यास डिपोर्टेशनको योजना अघि सारेका छन् ।

४. बाह्य सम्बन्ध र सुरक्षा : ह्यारिसले युक्रेनको समर्थनलाई निरन्तरता दिने र चीनसँगको प्रतिस्पर्धामा अमेरिकालाई अग्रस्थानमा राख्ने योजना राखेकी छन् । ट्रम्पले भने विश्वका द्वन्द्वहरूबाट अमेरिका हटाउन चाहन्छन् । उनले युक्रेन युद्धलाई २४ घण्टामा समाधान गर्ने वाचा गरेका छन् ।

५. व्यापार र जलवायु : ह्यारिसले लक्ष्यित कर नीति अपनाउने योजना बनाएकी छिन् भने ट्रम्पले विदेशबाट आउने सामानमा १०–२० प्रतिशत कर लगाउने वाचा गरेका छन् । ट्रम्पले पर्यावरण सम्बन्धी धेरै नियमहरू खारेज गर्ने वाचा गरेका छन् भने ह्यारिसले नवीकरणीय ऊर्जा र विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा जोड दिएकी छन् ।

६. स्वास्थ्य सेवा र कानून व्यवस्था : ह्यारिसले औषधि र इन्सुलिनको मूल्य घटाउन प्रयास गरिरहेकी छिन् भने ट्रम्पले अमेरिकी स्वास्थ्य ऐनलाई सुधार गर्ने वाचा गरेका छन् । कानूनको क्षेत्रमा ह्यारिसले आफ्नो अनुभवलाई जोड दिँदै ट्रम्पको आपराधिक इतिहासको आलोचना गरेकी छन् भने ट्रम्पले ड्रग्स कार्टेल र हिंसालाई सैन्य शक्तिको प्रयोग गरेर नियन्त्रण गर्ने वाचा गरेका छन् ।

पछिल्ला केही निर्वाचनहरूमा सर्वेक्षणहरूले ट्रम्पको समर्थनलाई कम आँकलन गरेका थिए । सन् २०१६ र २०२० को राष्ट्रिय स्तरमा सर्वेक्षण त्रुटिले सर्वेक्षणको आलोचना बढाएको छ । तर, सर्वेक्षण कम्पनीहरूले आफ्नो विधि सुधार गरेका छन् । यद्यपि, ट्रम्पले परम्परागत मतदाताहरू बाहेकको नयाँ मतदाता समूहलाई आकर्षित गर्ने हुनाले यो परिणाम पूर्वानुमान गर्न चुनौतीपूर्ण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय