सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ । मंगलबार म्याद थपका लागि कास्की प्रहरीले रविलाइ अदालत लगेको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रविलाई तेस्रो पटक म्याद थपिएको हो ।
उनलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १५ गते सकिएको थियो ।सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत लामिछानेलाई कात्तिक २ गते पक्राउ पछि पोखरा ल्याइएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।यता लामिछानेको म्याद थपका लागि अदालत लैजादै गर्दा रास्वपाका कार्यकर्ता भने पोखरामा दिनभर जसो सडकमा प्रदर्शनमा उत्रिएका थिए ।
विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । रास्वपा कार्यकर्ताले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले दुइ सेल अश्रुग्याँस हानेको हो । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।प्रहरीले प्रदर्शनमा अराजग तिबिधि गरेको भन्दै ८ जनालाई नियन्त्रणमा लिएको थियो । उपसभापति डिपी अर्याल लगायतका केन्द्रीय नेता पोखरा आएका छन् ।