पाङपेमा (ताप्लेजुङ)– नेपालको दोश्रो र विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजङ्घाको बेस क्याम्पसम्म ट्रेकिङ गर्नेको संख्या बढोत्तरी भएर गरिरहेको छ । यो पदयात्राको महिमा देश विदेश पुगिरहदा यहाँ आउनेको संख्या बाक्लो देखिन थालेको छ । यतिवेला विदेशि पर्यटक उकालो, ओरालो गरिरहेको देखिन्छ ।

विभिन्न सुन्दर भुगोल छिचोलेर यहाँ पर्यटकपुग्ने गरेका छन् । ताप्लेजुङको सेकाथुमसम्म गाडीमा गएर उत्तरी बेसक्याम्पसम्म घुम्न सकिन्छ । यहाँका होटलहरु अहिले पर्यटकले भरिएका छन् । प्राकृतिक रुपमा सुन्दर, अनेकन हिमाली दृष्य तथा चोखो हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्न विदेशीले रुचाएका छन् । अन्यत्रको जस्तो भिड देखिदैन भने परम्परागत हिमाली गतिविधिको पनि अवलोकन गर्न पाईन्छ ।

८५८६ मीटर उचाईको कञ्चनजङ्घालाई उत्तरी र दक्षिणी मोहोडाबाट हेर्न मिल्छ । उत्तर तर्फ पाङपेमा (५१४२ मीटर) र दक्षिणी उक्ताङ (४७५० मीटर) मा बेस क्याम्प रहेका छन् । सेलेले पास गरेर दुबै बेसक्याम्पको यात्रा गर्न सकिन्छ । कञ्चनजङ्घाका साथ अनेकलन हिमाल रहेका छन् । ८ हजार मीटर माथिका ४ र ७ हजार मीटर माथिका १७ हजार हिमाल रहेका छन् । फक्ताङलुङ (कुम्भकर्ण) यहाँको अर्को महत्पूर्ण हिमाल हो । कतिपय हिमालको नाम पनि राखिएको छैन् ।

बाटो भरि विदेश पर्यटक भेटिन्थे । क्याम्पनै पिच्छे राम्रा होटल बनेका छन् भने ठाँउ ठाँउ टि हाउस भेटिन्छ । यो सिजनमा ६ सय ५० जना विदेशले ट्रेकिङमा आएको तथ्याङ कञ्चनजङ्घा संरक्षण क्षेत्रसँग छ । गत बर्ष भन्दा यो बर्ष संख्या बढेको उक्त कार्यालयले जानकारी दिएको छ । विदेशी आउने क्रम जारी रहेकाले संख्या बढ्ने अनुमान रहेको छ ।

दुबै बेसक्याप क्षेत्रमा पर्यटक छन् । असोज–मंसिर र चैत बैशाखमा विदेशीहरु आउछन् । नेपाली पनि यो क्षेत्रमा बढ्दै गएका छन् । मोवाइल नचल्ने हुँदा हिमाली क्षेत्रमा समस्या छ ।कञ्चनजङ्घा विदेशीको रुचिमा परिरहेको बेला यहाँको बाटो, होटल वास व्यवस्थापन तथा सुविधामा सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय