काठमाडौं । छठ पर्वको दोस्रो दिन व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । यो दिन बिहानै स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई चढाई व्रतालुले खाने गर्दछन् । यही विधिलाई खरना भनिन्छ ।
आज दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाई पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्दछन् ।
दिनभरि उपवासबसी व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेपछि यो विधि सम्पन्न हुन्छ ।