विभिन्न विकास निर्माणको काममा अहिले आधुनिक उपकरणहरुको प्रयोग बढ्दो छ । एउटै मेसिनले सयौ श्रमिकको काम गर्न सक्ने क्षमता रहेकोमा प्राय मेसिनको प्रयोग गर्नेहरु वढी छन । तर मेसिनले रोजगारी समेत खोसेको हामीले बुझेका छौ । हजारौ लाखौ युवाहरु काम नपाउदा विदेशिनु परेको पिडाका बिच महोत्तरीको लोहारपट्टी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पालिका भित्र बेरोजगार भई रोजगारीको लागि सुचिकृत भएकाहरुलाई श्रम गर्न सक्ने वातावरण बनाईदिएको छ । पालिकाले मौका दिएपछि श्रमिकहरुले मेसिनको प्रयोग बिना नै कोदालोको भरमा झण्डै तिन किलोमिटर लामो नहर बनाउन थालेका छन ।
काम गर्न सधै तम्तयार रह्ने नेपालीको पहिचान रहेकोमा नेपाली श्रमिकले ठुला ठुला पहाड फोरेको र मेसिन पुग्न नसक्ने स्थानमा समेत पुगेर सानो औजारको भरमा ठुला ठुला काम गरेको प्रसस्त उदाहरण छन । आफ्नै देश देखि विदेशमा समेत नेपाली श्रमिक हातले कामकै भरमा प्रशंसा पाएका छन । तिनै प्रशंसाका शव्दहरुलाई चरितार्थ गर्दै महोत्तरीमा कोदालोकै भरमा २५ जना श्रमिकहरुले झण्डै तिन किलोमिटर लामो नहर खन्दै छन । वि.सं. २०४७ सालमा सानो पैनी(पानी वग्ने सानो नाला) खनिएकोमा सोहि पैनीलाई दुई हजार विग्हा भन्दा वढी खेतलाई सिंचित हुने गरि श्रमिकहरुले कोदालोले खनेर नहरमा रुपान्तरित गर्न लागेका हुन । प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत मध्येका अति विपन्न दलित समुदायका श्रमिकहरुले सो नहर ५७ दिनमा पुरा गर्ने लक्ष्य सहित खन्न सुरु गरेका हुन । नहर खन्न तल्लिन श्रमिकहरुले नहरको ९० प्रतिशत काम सकेका छन ।
जिल्लाको लोहारपट्टी नगरपालिका स्थित वडा नं. ४,५ र ७ को क्षेत्रमा खन्न थालिएको सो नगरले स्थानिय कृषकहरु उत्साहित भएका हुन । वडा नं. ८ कविरगामाका ७० वर्षिय गर्भु राउतले पानी अभावमा प्राय बाँझो रह्ने गरेको आफ्नो खेतमा अव हरियाली छाउने बताउनु भयो । उहाले वर्षौसम्म मर्मत नभएको सानो पैनीबाट सिंचाई नभएको वर्षौ भैसक्दा कृषकहरुले राम्रो उब्जनी गर्न नसकेको बताउदै अब भने राहत पाउने आसा पलाएको बताउनु भयोे । पानी खेतीपातीको लागि अनिवार्य र अपरिहार्य भएकोमा मोटर र अन्य पद्दतीबाट पानीको जोहो गर्दा ज्यादै महंगो हुने गरेकोमा नहर निर्माण पछि पानीकै लागि धेरै रकम खर्च गर्नु पर्ने बाध्यता हट्ने उहाको भनाई छ ।
जनअपेक्षा अनुसार काम गर्न पाएकोमा उत्साहित हुदै लोहारपट्टी नगरपालिका ८ का वडाअध्यक्ष रामबाबु यादवले समेत नहर निर्माण कार्य प्रगतीमा रहेको बताउनु भयो । उहाले परनिर्भतालाई चिर्दै कृषिमा आत्मनिर्भर बन्न सिंचाईको महत्वपुर्ण योगदान हुने भन्दै लोहारपट्टी नगरपालिकाबाट थप नहरहरु निर्माण गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
नहर निरिक्षण गर्न कार्यक्षेत्रमै पुग्नुभएकि नगरउपप्रमुख सरीता शर्माले पालिकाले कृषिलाई प्राथमिकतामा राख्दै अगाडी बढाएको कामको प्रगति सन्तोषजनक रहेको बताउनु भयो । उहाले यति कम समय र थोरै जनशक्तिले यतिधेरै काम गर्ने भन्नेमा आफु चिन्तित भएकोमा कार्यक्षेत्रमा काम देखेर उत्साहित भएको बताउनुभयो । उहानले पालिकाले थप नहर निर्माण सहितका कृषि सम्बन्धी कार्यलाई क्रमिक रुपमा गर्ने आश्वस्त पार्नुभयो। कृषि विधुतिकरण,सिंचाई,प्रविधिमैत्री खेती र उन्नत बिउ तथा उत्पादित कृषीजन्य उत्पादनलाई बजारिकरण गर्ने नगरपालिकाको प्राथमिकताको विषय रहेको उहाले बताउनु भयो ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने श्रमिकहरुको दैनिक ज्यालादारी केहि बढाएको र हाल श्रमिकहरु ६६८ रुपया दैनिक ज्यालादारीमा काम गरिरहेकोमा श्रमिकहरुले ज्यालाकै धेरै गुनासो नगरेपनि काम गर्दा सुरक्षाको गुनासो भने गर्ने गरेका छन । नहर खन्ने क्रममा विभिन्न जोखिमहरु आईरहदा जुत्ता लगायतका सुरक्षा साधनहरु नपाएको प्रति उनीहरुको गुनासो छ । सरकारले काममा लगाउने श्रमिकहरुलाई सुरक्षाको साधन समेत उपलब्ध गराउन सके श्रमिकले बगाउने पसिना जोखिम रहित हुनेछ । लोहारपट्टीमा धान,गहु,तरकारी,मक्कै तथा आप र दलहन प्राथमिक बाली हुन ।