परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण पछि भारतको पनि भ्रमण हुन सक्ने बताईन् । उग्रतारा मेलाका लागी डडेल्धुरा जानेक्रममा धनगढी विमानस्थलमा पत्रकार संग संक्षिप्त प्रतिक्रिया दिदैपरराष्ट्र मन्त्री डा आरजु राणाले मंसिर दोस्रो साता हुने गरी गृहकार्य भइरहेको भएपनिविस्तृत कार्यतालिका टुंगिन बाँकी रहेको बताईन् । उनले आफ्नो भ्रमणका लागी मन्त्रालयको टोलीले तयारी थालेको जानकारी दिइन् । भ्रमणको एजेण्डा चिन पक्षबाट आउँन बाँकी रहेको हुदाँ त्यहि अनुसारको तयारी भईरहेको उनको भनाई छ ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउन दुई दलीय कार्यदल बनाएको बताईन् । मन्त्री राणाले यसले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सहजीकरण गर्न बताईन । दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जनसमक्ष पु¥याउन र संयुक्त सरकारले गरेका काम तथा योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको समीक्षा गर्दै सरकारलाई सुझाव दिने, सहयोग गर्ने उनको भनाई छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गेटा मेडिकल कलेज संञ्चालनका लागी सरकारले तिव्र तयारी थालेका कारण छिटै संञ्चालनमा आउँने दावी गरिन् ।