पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सोमबार शोक सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिदा नागरिकले भने सास्ती खेप्नु परेको छ । सोमबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय, गुल्मी अस्पताल, लगायत सार्वजनिक सेवा लिने ठाउँहरुमा सेवाग्राहीको लामो लाइन थियो । सरकारले बिहान कार्यालय खुल्ने समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णयले सेवा लिन कार्यालय पुगेका सेवाग्रहीलाई सेवा नलिइ घर फर्किन बाध्य भए । सरकारले दिने निर्णय अपरिपक्क ढंगले घोषणा गर्दा सेवा लिन पुगेका सेवाग्रही आक्रोसित भएका छन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा सेवाग्रहीको चाप अत्याधिक बढेको छ । जसले गर्दा सेवाग्रही बिहानै लाइनमा बस्नुपर्ने बाध्यता छ । लाइन लागेर सेवालिने समयमा सार्वजनिक बिदा दिने निर्णयले गाउँगाउँबाट सेवा लिन आएका सेवाग्रहीको समयसँगै आर्थिक रकम पनि फजुलमा खर्च भएको गुनासो सेवाग्रहीको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदा भएपछि सेवा प्रवाह बन्द गरेपनि गुल्मी अस्पताल सहित केहि विद्यालयले भने सेवा प्रवाह दिएका थिए । जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु बाध्य भएपछि सार्वजनिक बिदा दिने निर्णयको जनस्तरबाट टिप्पणी भएको छ । सरकारले सेवाप्रवाह हुने समयमा मनमौजी तरिकाले विदा दिने निर्णय गरेका कारण आफूहरुले दुःख पाएको सेवाग्राहीको गुनासो छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय