पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सत्यवती मन्दिरमा भएको चिच्याएर वर माग्ने मेलामा यस वर्ष भेटी रकम उल्लेखनीय रूपमा वृद्धि भएको छ। कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन भएको मेलामा भक्तजनहरूले चढाएको भेटी रकम ३२ लाख ८१ हजार ८७० रुपैयाँ संकलन भएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार, भेटी गन्नका लागि तिनाउ गाउँपालिकाका प्रतिनिधि, प्रहरी, र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको टोली खटाइएको थियो। संकलित रकम बैँकमा जम्मा गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष भेटी रकम लगभग दोब्बर भएको छ। गत वर्ष १८ लाख ५० हजार भेटी संकलन भएको थियो भने यो वर्ष भक्तजनको संख्यामा वृद्धि भएकाले भेटी रकम पनि बढेको बताइएको छ।

चार दिनसम्म चलेको मेलामा करिब तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ। तिहार पर्वपछिको पूर्णिमामा सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहेको छ, जसलाई स्थानीय र बाह्य भक्तजनले निकै श्रद्धा र चासोका साथ पालना गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय