राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छन्।
निर्वाचन प्रदेश कार्यालय स्रोतका अनुसार आधिकारिक नतिजा सबैको एकैपटक प्रकाशित हुनेछ।
नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन्।
भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए।
विजेता एकीकृत समाजवादीकी जयन्ती राईले प्रदेश सभाका ५२ जनाको मत पाइन् भने स्थानीय तहका १२२ जनाको मत पाइन्।
गठबन्धनमा कुल ५० सांसद भए पनि उनलाई ५२ जनाले मत दिएको देखिएको छ। उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ हो।
एमालेकी भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ गरी ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन्।