काठमाडौं । भारतीय अर्बपति गौतम अदानीविरुद्ध ठगीको आरोपमा अमेरिकामा मुद्दा दर्ता भएको छ । अदानीमाथि आफ्नो कम्पनीलाई अमेरिकामा ठेक्का दिलाउन झुटो बोलेको र २० करोड डलर घुस दिएको आरोप लागेको छ ।

भारतका सबैभन्दा धनी ६२ वर्षीय अदानीविरुद्ध न्यूयोर्क अदालतमा आपराधिक मामिलाको मुद्दा दर्ता भएको त्यहाँको संचारमाध्यमले जनाएको छ । अदानी बन्दरगाह, विमानस्थलदेखि ऊर्जा क्षेत्रका लगानीकर्ता हुन् ।

नवीकरणीय ऊर्जा परियोजनामा आगामी २० वर्षमा दुई अर्ब अमेरिकी डलरभन्दा बढी नाफा हुने प्रक्षेपण गरिएको छ । गत वर्ष पनि अदानीविरुद्ध अमेरिकाको हिडनबर्ग नामको एक कम्पनीले ठगी गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय