काठमाडौं । काठमाडौं महानगरपालिकाले ४९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएको पाइएको छ ।
गत असोज १० गतेदेखि महानगरले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएको र २ सय बढी व्यवसाय दर्ता नगरी नै संचालन गरिएको पाइएको हो ।
अनुगमनको क्रममा १३३ वटामा म्याद सकिएका बस्तु भेटिको, ३११ वटामा मूल्य सूची फेला नपरेको महानगरले जनाएको छ । अनुगमन गरिएका पसलमध्ये ४८ किराना, १८ मिठाइ, १९ ड्राई फुड, सात मसला र १५ वटा डेरी पसल रहेका छन् ।
मिठाई पसलमा स्वीकृत भएकै रंग प्रयोग गरिए पनि मात्रा नमिलाइएको, तेललाई बारम्बार प्रयोग गरिएको, उत्पादन र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइ नभएकोलगायत अनुगमनका क्रममा भेटिएका थिए ।