काठमाडौं । यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो ।

जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), उत्तम रंगु थापा मगर, आकास त्रिपाठी, मयन यादव, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, नरेन साउद, सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रोशन विश्वकर्मा, अपराजित पौडल, रन्जीत कुमार र अविशेख तिवारी रहेका छन्।

नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । मंसिर १४ देखि २३ गतेसम्म (नोभेम्बर २९ देखि डिसेम्बर ८) हुने यू–१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छ ।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय