काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालले ३२ जना स्टाफ नर्स माग गरेको छ ।

अस्पतालले स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागेको हो । हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार योग्यताक्रम अनुसार पदपूर्ति गरिने अस्पतालले जनाएको छ ।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

दरखास्त मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ । दरखास्त दस्तुर १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय