नेपाल प्रिमियर लिग एनपीएलमा विजयको उद्घोष गर्दै फ्रेन्चाइज टोली चितवन राइनोज काठमाडौं प्रस्थान गरेको छ । जितेर मात्रै घर फर्किने अठोटका साथ टिम काठमाडौं लागेको छ । चितवन मेडिकल कलेज सीएमसीको स्मामित्वमा रहेको चितवन राइनोजले बागमतीकै साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने लक्ष्य लिएर भरतपुरबाट काठमाडौं प्रस्थान गरेको हो ।

युवा र अनुभवी दुवै खाले खेलाडी चितवनको जितको भरोसा हो । चितवनको टिम सन्तुलित छ । विदेशीका साथै स्वदेशी र स्थानीय खेलाडीबीच राम्रो तालमेल मिलाएको चितवनले जित्नेमा विश्वस्त रहेको खेलाडी शरद भेष्वाकरले बताउनुभयो। । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते विहान काठमाडौं गुर्खाजसँग खेल्ने छ ।मंसिर १८ गते पोखरा एभेन्जरसंग दिउँसो सवा एक बजे खेल्दैछ । मंसिर २१ गते कर्णाली याक्ससंग विहान सवा ९ बजे र मंसिर २३ गते दिउँसो सवा एक बजे सुदुरपश्चिम रोयल्ससंग भिड्दैछ । त्यस्तै मंसिर २५ मा लुम्बिनी लायन्ससंग , २८ मा विराटनगर किङ्गससंग र २९ गते जनकपुर बोल्ट्ससंग खेल्दैछ ।

पहिचान, पर्यावरण र साँस्कृतिक झल्किएको जर्सि चितवन राइनोजले चितवनको पहिचान, पर्यावरणलाई समिश्रण गरेको छ। चितवनको पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ। गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ।चितवनको पहिचान एक सिङ्गे गैंडाको मस्कट बनाएको छ । चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। एनपीएलका आठ फ्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। मस्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर ५६राखिएको छ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी हुने भएका छन्।चितवन राइनोजको टिममा ओनर चितवन मेडिकल कलेज आयुष न्यौपाने, डा हरिश न्यौपाने रहेका छन्।स्टार खेलाडी धेरै छैनन। तर अलराउन्डर धेरै छन। चितवनले क्रिकेट मैदानमै अभ्यास गरिरहेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले अभ्यास गरिरहेको छ।चितवन मेडिकल कलेजले चितवन राइनोजलाई १ करोड ७६ लाख एक हजार रूपैयाँमा खरिद गरेको हो।

मार्की खेलाडी कुशल मल्ल अन्य खेलाडीमा रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल विदेशी खेलाडी मर्चेन्ट डे ल्याङ, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी इटन, रबि बोपारा मुख्य प्रशिक्षक उमेश पटवाल रहेका छन्।
दक्षिण अफ्रिकाको राष्ट्रिय टिमबाट तीन वटै फम्र्याट खेलिसकेका डे ल्याङको अनुभव चितवनका लागि भरोसा बन्नेछ। उनले आईपीएलसहित पीएसएल, सीपीएल, लंका प्रिमियर लिग, भाइटालिटी ब्लास टीट्वेन्टी, दो हन्ड्रेड, दक्षिण अफ्रिकी टीट्वेन्टी लिगलगायत खेलेको अनुभव छ।

चितवनका लागि केही पक्षले चुनौती पनि खडा गरेको छ। टप अर्डर र स्पिन आक्रमण त्यति बलियो छैन। पेस बलरबाहेक अन्य स्टार खेलाडी अनुबन्ध गर्न नसक्दा केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। टप अर्डरमा विदेशी खेलाडीको भर गरेको छ। टप अर्डर कमजोर भएको अवस्थामा चितवनको पालि मिडल अर्डरले ने धान्नुपर्ने देखिन्छ।। अलरान्डर धेरै भएकाले प्रर्दशन उत्कृट हुने दावी चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय