हेटौंडाबाट ७१ किलो लागूऔषध गाँजा सहित २ जना पक्राउ परेकाछन् । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले ठुलो परिमाणको लागूऔषध उनीहरुलाई पक्राउ गरेको हो । मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर–९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको हो ।

उनीहरुले गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, पिकअप गाडी सहित निजहरु घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय