काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षाका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाउनु भएको छ । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाउनु भएको हो ।
बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ ।
यस्तै बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।