काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालमा देखिएको अराजकताबारे चिन्ता व्यक्त गर्दै यसलाई व्यवस्थित गर्न कानूनी प्रबन्ध गर्नुपर्ने बताउनुभएको छ। पोखरामा रेडियो नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले दुर्गा प्रसाईंजस्ता व्यक्तिहरूको सामाजिक सञ्जालमा हुने क्रियाकलापले गलत सन्देश दिन सक्ने भन्दै यस क्षेत्रमा नियन्त्रण आवश्यक रहेको औंल्याउनुभयो।

उहाँले सामाजिक सञ्जाल र अनलाइन माध्यमको प्रभावकारी नियमनका लागि आगामी अधिवेशनबाट मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै, उहाँले सरकारले सूचना प्रविधि क्षेत्रबाट आगामी तीन वर्षभित्र ३ लाख युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य राखेको बताउनुभयो।

मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच यस वर्षभित्र सबै नेपालीसम्म पु¥याउने योजना रहेको पनि उल्लेख गर्नुभयो। सञ्चार क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले सक्रिय पहल गरिरहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय