ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्ने लगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर संग बार्ता लागि कोशी प्रदेश सरकारले बार्ता समिति गठन गर्ने भएको छ ।सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेश दुई दलीय सयन्त्रको आज विराटनगरमा बसेको गठनले दुबै आन्दोलनरक्त पक्षसंग बार्ता गरी समस्या हल गर्न बार्ता समित गठन गर्ने निर्णय गरेको हो ।

केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्ने लगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधरसंग बार्ता र सम्वाद गर्न प्रदेश सरकारले बार्ता समिति गठन गर्ने निर्णय गरेको हो । केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधरले अवरोध गरेपनि आन्दोलनरक्त पक्षसंग बार्ता र सम्वाद अगाडी बढाउने निर्णयमा कोशी प्रदेश सरकार पुगेको हो ।

सत्ता पक्ष काँग्रेस र एमाले दुई दल ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको पक्षमा देखिदै आएका छन्। तर सरकारले अगाडी बढाएको ओजनामा स्थानीयले अवरोध गरेपनि आन्दोलनरक्त पक्षसंग बार्ता र सम्वाद गरी समस्या हल गर्न लागिएको काँग्रेसले पनि जनाएको छ ।ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा विवादका क्रममा केही समय अघि झडप हुदा केही व्यक्ति घाइतेसमेत भएको थिए ।

प्रदेश सभापति तथा दलका नेता लिम्बु समुदायको ऐतिहासिक मन्धुमी स्थल भएकाले यहाँ केवलकार नबनाइनु पर्ने स्थानीयले पहिल्यैदेखि बिरोध गर्दै आएका थिए । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको लागि गएको कार्तिक २४ गते शिलान्यास गरिएको छ । यता कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले हालै तेश्रो चरणको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थियो ।

कोशी नाम खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका ८५ संसादलाई कार्वाही गर्नेसहितका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ,मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै आएका छन्।बर्तमान हिक्मत कार्की नेतृत्वको सरकारले पहिचना पक्षधरसंग वार्ता गर्न अहिलेसम्म बार्ता समिति गठन गरेको थिएन।२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी हालसम्म पदमकुमार लिम्बू ‘लाजेहाङ’को मृत्यु भयो भने १५० भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय