गौतमबुद्ध विमानस्थल त्रिभुवन विमानस्थलको विकल्पमा बनिरहदा पोखरा विमानस्थल भने छायाँमा परे पछि पोखरेलीले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । चीन भ्रमण गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र पर्यटन व्यवसायीले चीन भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब रुपैयाँ लगानी थपिएको बताइन्छ । यस पहिले पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जादा पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानका लागि पोखरेलीले पहल गर्न आग्रह गरेका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्राणको तयारीमा छन् ।

चीन सरकारको सहयागमा बनेको विमानस्थल भएकाले पनि चीन सरकारसंग कुरा गरेर चीनका विभिन्न सहरमा उडानका लागि पहल गर्नुपर्नेमा पोखरेलीको माग छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहित व्यवसायीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सोही आग्रह गरेको थियो । विमानस्थल बनाउने ५० वर्षदेखिको पोखरेलीको सपना पूरा भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको भविष्यलाइ नै अन्धकारमा धकेदिदिने धेरैको चिन्ता छ । सरकारले शीघ्र कुटनीतिक पहल सुरु गरेर अन्तरदेशीय उडान सुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबारे अनेक टिकाटिप्पणी समेत हुने गरेका छन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रुपमा पोखराले यथोचित लाभ लिन नसक्ने व्यवसायी बताउनछन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स र चीनिया हवाई कम्पनीबाट सुरु गर्नुपर्ने पोखरेलीको माग छ । पोखराको पर्यटन क्षेत्रमा करिब छ खर्बको लगानी रहेको अनुमान छ, अहिले पनि तारे होटल धमाधम बनिरहेका छन्, विमानस्थललाई हेरेर लगानी गरेका होटेल व्यवसायी अहिले समस्यामा छन् ।

पोखरा र सिंग्रो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने पोखरेलीको आशा छ । विमानस्थल बन्दा उत्साहित बनेका पोखरेलीहरु अहिले निराश छन् ।उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय