मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफुलाई भुमिगत समुहले चन्दा माग्दै धम्काएको बताउनुभएको छ । जनकपुरधामस्थित मन्त्रालयमा पत्रकार सम्मेलन मन्त्री लेखीले भुमिगत सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चाका जय कृष्ण गोइतले आफुलाई पछिल्लो केहि महिनादेखि पटक पटक फोन गरेर आर्थिक सहयोग मागेर धम्की दिएको बताउनुभयो । उहाँले आफुले सुरक्षा समितिको बैठकमा यो विषय राखेपछि अन्य मन्त्रीहरुलाई पनि धम्कीपूर्ण फोनहरु आउने गरेको जानकारी दिनुभयो ।
मन्त्री लेखीले प्रहरी प्रशासनले मधेश प्रदेशमा ठीक ढंगले काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले मधेशको विभिन्न जिल्लाको प्रहरी चौकीको अनुगमन गर्दा प्रहरीहरु अनुशासनहीन पाएको बताउनुभयो ।