काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मत ल्याएर विजयी भएका हुन् । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थारूले ५३३३ मत प्राप्त गरे ।

यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो ।

एमालेका उम्मेदवार तुलसीराम विश्वास ४२५९ मतसहित तेस्रो भएका छन् । १६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय