काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ भब्यरुपमा उद्घाटन गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रपति रनिङ्ग शिल्ड विगत पाँच वर्षदेखि संचालन हुँदै आएको र आजका दिनसम्म आइपुग्दा खेल क्षेत्रमा नगरले फड्को मारिसकेको बताउनु भयो । नगरले संचालन गरेको यो प्रतियोगितामा जतिसक्दो धेरै विद्यार्थीलाई समावेश गर्ने उत्कृष्ठ विद्यार्थीलाई छानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले यस्ता खेलकुदको आयोजना गरेको बताउनु भयो ।

नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ चन्द्रागिरि नगरपालिकाले पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको बताउनु भयो । नगरपालिकाले विगत सात वर्षदेखि विभिन्न खेलकुदका कार्यक्रम गर्दै साना भाईबहिनीहरुलाई नगरपालिकासँग जोड्दै अघि बढेको बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका प्रशासकीय प्रमुख हेमराज अर्यालले राष्ट्रपति रनिङ्ग शिल्डको पाँचौ सस्करणसम्म आईपुग्दा खेल क्षेत्रमा सहयोग गर्नुहुने विभिन्न संघसंस्था र विद्यालयहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले खेल खेलमात्र नभई बहुआयामिक पक्ष भएको भन्दै खेललाई जीत हारको मात्र दृष्टिकोणले हेर्दा खेलकुद क्षेत्र अन्यायमा पर्ने बताउनु भयो । प्रमुख अर्यालले खेलकुदले नेपालको हरेक क्षेत्र प्रशासन, राजनीतिकलगायत अन्य क्षेत्रलाई पनि सुशासन सिकाउने एउटा माध्यम भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘खेलकुद सहितरिकाले होस्, सुशासन युक्त होस्, अनुशासन युक्त होस् र लगनशील युक्त होस् ताकी अन्य क्षेत्रले पनि यसबाट अनुकरणीय अभ्यास लिन सकोस्’ । उहाँले खेलकै माध्यमबाट एक देश र अर्को देशबीचको सम्बन्ध गास्ने प्रमुख माध्यम भएको र राष्ट्रको समृद्धिको मुख्य आधार खेलकुद नै भएको दाबी गर्नुभयो ।

त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ का संयोजक घनश्याम लुईटेलले स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिम आधारभूत र माध्यमक शिक्षामा उल्लेख गरेका कार्यहरुलाई पूर्णता दिन चन्द्रागिरि नगरपालिका सदैव तत्पर रहेको बताउनु भयो । उहाँले स्थानीय सरकार गठन पश्चात सामुदायिक तथा संस्थागत विद्यालयमा बालबालिकाको चौतर्फी विकासको लागि अभिभावकीय भूमिमा नगरपालिकाले गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले चन्द्रागिरिको स्रोत साधानलाई बालबालिकाको क्षेत्रमा लगानी गर्दै उज्यालो भविष्यको खोजिमा लगाउन नगरपालिका सदैव लागि परेको बताउनु भयो । नगरपालिकाले बालबालिकाको क्षमता पहिचानको लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ तीन दिनसम्म खेलाई छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरेर ४२ वटा विद्यालयका १७६४ जना विद्यार्थी प्रतियोगितामा सहभागि छन् । कबड्डी, भलिबल, दौड, ज्याभलिङ थ्रो, त्रिपलजम्प, लङजम्प, सट्पुट, हाईजम्प, तेक्वान्दो, कराँतेलगायत १७ खेलमा ७०१ छात्रा १०६३ छात्रको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन नैकाप फुटबल ग्राउण्डमा भएको थियो । नगरपालिकाले खेलाडीको लागि १ लाखसम्मको दुर्घटना विमा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय