भारतको अयोध्यामा राम मंदिर निर्माण पश्चात पहिलो पटक विवाह पञ्चमीको लागि जन्ती जनकपुर आउन लागेको छ । प्रत्येक पाच वर्षमा मुख्य जन्ती आउने परम्परा रहेकोमा पछिल्लो वर्ष राम मंदिरमा प्राणप्रतिष्ठा कार्यक्रमको कारण जन्ती पाच वर्ष पुगेर समेत आउन नसकेकोमा यस पटक भने चारसय भन्दा वढी जन्ती आउन लागेको हो । जन्ती नेपालको मटिहानी नाकाबाट प्रवेश गर्ने र रात्रीवास समेत मटिहानीमा गर्ने भएकोमा मटिहानी स्थित लक्ष्मी नारायण मठ,लक्ष्मी सागर र मटिहानी नगर नै दुल्ही झै सजाइएको छ । मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डल र मटिहानी स्थानका मानमहन्थ जगरनाथ दास वैष्णव महोत्तरीका विशिष्ट व्यक्तिहरु सहित नाकामै गएर जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जन्ती आएका वरिष्ट व्यक्तित्वहरुको लागि मटिहानी स्थित विभिन्न तिन होटेलमा रात्रीबासको व्यवस्था गरिएको छ भने अन्य जन्तीको लागि लक्ष्मी नारायण मठ र राजकिय संस्कृत माध्यमिक विद्यालयमा रात्रीबासको व्यवस्था मिलाइएको छ । यता सवै जन्तीको खाना तथा अन्य व्यवस्थाको लागि समेत लक्ष्मी नारायण मठ,मटिहानी नगरपालिका र स्थानिय नागरिकले समन्वय गरेका छन । विभिन्न समिति र उपसमिती निर्माण गरि जन्तीको स्वागतको व्यवस्थापन गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले बताए ।

सोमवार मटिहानीमा रात्रीबास बसी जन्ती मंगलवार विहान जलेश्वर हुदै जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेकोमा जलेश्वर र पिपरा सहित बाटोमा पर्ने प्राय हरेक पालिका र गाउ तथा नगरले गक्ष अनुसार जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । मंसिर १२ गते भारतको अयोध्याबाट कारसेवक पुरमबाट प्रस्थान गरेको जन्ती बिहारको बक्सर,पाटलीपुत्र,हाजीपुर,काँटी,,शिवहर,रुन्नी सैदपुर,पनौराधाम,जानकी मन्दिर,पुपरी,अहिल्या स्थान हुदै आईतवार भारतको विहार राज्य स्थित बेनीपट्टी आईपुगेकोमा सोमवार बेनीपट्टीबाट अवेर साझ मधवापुर हुदै महोत्तरीको मटिहानी आईपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय