काठमाडौं । थानकोट–चित्लाङ सडक खण्डको स्तरोन्नतीको लागि सांसदहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश बर्तौला, संविधान सभा सदस्यद्वय रामनारायण विडारी र सुवाषचन्द्र ठकुरी, निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछाने, सिटीईभिटीका पूर्वसदस्य सचिव डा. रामहरी लामिछानेसहितको टोलीले थानकोट–चित्लाङ सडक स्तरीकरणको लागि ध्यानाकर्षण गराएका हुन् । उहाँहरुले चालु आर्थिक वर्षमा नै कार्यान्वयन हुने गरी २० करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चितता हुने गरी बहुवर्षीय ठेक्का अघि बढाउन उपप्रधान तथा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् ।

सांसद बर्तौलाको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा राजधानी काठमाडौंसँग बागमती प्रदेशको राजधानी हेटौंडालगायत अन्य जिल्ला तथा प्रदेशलाई समेत जोड्ने पुरानो तथा ऐतिहासिक महत्व बोकेको थानकोट चित्लाङ सडकमा सरकारको तर्फबाट बजेट विनियोजन नहुँदा उक्त सडकमा यात्रा असाध्यै कष्टकर र जोखिमपूर्ण भएको समेत उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाएसँगै सांसद बर्तौलाले अर्थमन्त्री पौडेलबाट सकारात्मक निर्णय आउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय